विराटनगरविरुद्ध सुपर ओभरमा पोखराको जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किंग्सविरुद्ध पोखरा एभेन्जर्सले सुपर ओभरमा १३ रनको रोमाञ्चक जित निकालेको छ । बिहीबार कीर्तिपुरमास्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलको सुपर ओभरमा पोखराले दिएको १९ रनको लक्ष्य पछ्याउने क्रममा विराटनरले ६ बलमा पाँच रनमात्र बनाउन सक्यो ।

पोखराबाट बलिङमा रेमोन रेफर आएका थिए । उनको पहिलो बलमा विराटनगरका मार्टिन गप्टिलले एक रन लिए । दोस्रो बलमा विराटनगरका निकोलस किर्टोनले पनि एक रन नै लिए । तेस्रो बलमा गप्टिलले पुनः एक रन नै लिए ।

यसपछि विराटनगरलाई तीन बलमा १६ रनको आवश्यकता थियो । चौथो बल रेफरले डट फ्याँके । पाँचौँ बलमा किर्टोनले एक रन लिए । अन्तिम बलमा जितका निम्ति १५ रन आवश्यक हुँदा रेफरले वाइड फ्याके । पुनः अन्तिम बल रेफरले डट राखेपछि पोखराले सुपर ओभरमा १३ रनको जित निकालेको हो ।

सुपर ओभरमा पहिले ब्याटिङमा आएको पोखराले ६ बलमा १८ रन बनाएको थियो । सुपर ओभरमा पोखराका रेमोन रेफरले १७ र आन्द्रियस गौसले एक रन बनाए । सुपर ओभरमा विराटनगरबाट कप्तान सन्दीप लामिछाने बलिङमा आएका थिए । सन्दीपको पहिलो र दोस्रो बलमा रेफरले लगातार छक्का प्रहार गरे । तेस्रो बल सन्दीपले डट फ्याके पनि चौथो बलमा रेफरले पुनः चौका प्रहार गरे । पाँचौँ बलमा रेफरले एक रन लिए । छैटौँ बल गौसले एक रन बनाए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित