नेकपा माओवादी केन्द्र निसीखोलाको अध्यक्षमा भीम घर्ती सर्वसम्मत निर्वाचित

बागलुङ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र निसीखोला गाउँकमिटीको अध्यक्षमा भीमबहादुर घर्ती सर्वसम्मत निर्वाचित भएका छन् । बुधबार सम्पन्न गाउँ कमिटीको दोस्रो सम्मेलनबाट अध्यक्षमा भिमबहादुर घर्तीसहित २७ सदस्य गाउँकमिटी सर्वसम्मत चयन भएका हुन् । जसको उपाध्यक्षमा हिराबहादुर पुन, बेलबहादुर बुढा, टेकप्रसाद श्रेष्ठ, सचिवमा इदबहादुर रसाइली र कोषाध्यक्षमा गीता सापकोटासहित अन्य सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन कमिटीका संयोजक इन्द्रलाल सापकोटाले जानकारी दिए ।

सम्मेलनका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य एवम् गण्डकी प्रदेशका सह इन्चार्ज हरि अधिकारी माओवादी जनताका मुद्दामा अग्रपन्तिमा रहेको बताएका छन् । उनले माओवादी फरक उद्देश्यले आएको बताउँदै माओवादीका नेता तथा कार्यकर्ताहरुको व्यवहार पनि फरक हुनपर्नेमा जोड दिए ।

465825052 1271968393956997 362639571779463082 n https://newskhari.com/wp-content/uploads/2024/12/467037174_2005950049809434_5053260350893699978_n-e1733985154479.jpg

कार्यक्रममा माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य निलबहादुर पुन, नेकपा माओवादी गण्डकी प्रदेश उपाध्यक्ष ज्ञामनाथ गैरे, गण्डकी प्रदेश सदस्य एवम् नेकपा माओवादी केन्द्रकी प्रमुख सचेतक कुशम बुढा, गण्डकी प्रदेश सचिवालय सदस्य प्रेमबहादुर घर्तीमगरलगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित