पूर्वडिआइजी छविलाल जोशीलाई पुर्‍याइयो पर्सा, रविलाई कहिले लगिँदैछ ?

काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई पर्सा लगिएको छ।

कास्की हिरासतमा रहेका उनलाई आइतबार बेलुकी पर्सा पुर्‍याइएको हो। पर्साको वीरगन्जस्थित सानोपाइला सहकारीको बचत रकम अपचनल गरेको कसुरमा अनुसन्धान गर्न जोशीलाई पर्सा लगिएको हो।

उनलाई सरकारी वकिलको कार्यालय पर्सामा बयान लिनका लागि ल्याइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी किशोर लम्सालले जानकारी दिए। जोशीसँगै रामबहादुर खनाललाई पनि बयानका पुर्‍याइएको छ। खनाल नेचर हर्ब्सका सञ्चालक हुन्।

उनीहरूको बयान सकेपछि रास्वपा सभापति रवि लामिछानेलाई पनि बयानका लागि लग्ने प्रहरीको तयारी छ। मंसिर १९ गते जिल्ला अदालत पर्साबाट लामिछानेसहित १४ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।

सानोपाइला सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा रकम गएको देखिएपछि प्रहरीले उनीहरूविरूद्ध पुर्जी लिएको हो। सानोपाइला बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा एक अर्ब ४५ करोड बढी रकम बचत थियो।

त्यसमध्ये उक्त सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ८ करोड भन्दा बढी रकम प्रवाह भएको देखिएको सहकारी अपचलन सम्बन्धी संसदीय विशेष समितिको प्रतिवेदनमा उल्लेख छ।

लामिछाने र जोशीलाई आइतबार जिल्ला अदालत कास्कीबाट थप चार दिन हिरासतमा राख्न अनुमति दिएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित