सुदूरपश्चिमले लुम्बिनीलाई दियो १८८ रनको लक्ष्य

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई १८८ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा शनिबार लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ४ विकेटको क्षतिमा १८७ रन जोड्यो।

सुदुरपश्चिमका लागि ओपनर सइफ जइबले ९० रनको योगदान गरे। १८औं ओभरमा रेमन्ड सिमन्सको बलमा उन्मुक्त चन्दबाट क्याच हुनुअघि उनले ६१ बलमा ६ चौका र ५ छक्का प्रहार गरे।

अर्का ओपनर विनोद भण्डारी १७ रन जोडेर आउट भए। सइबसँग ४९ रनको ओपनिङ साझेदारी गरेका भण्डारीले १७ रन जोडे।

त्यसपछि ब्रान्डन माक्मलेन २० बलमा २३ रन जोडेर आउट भए।

तेस्रो विकेटको रुपमा सइब आउट भएको अर्को बलमा आरिफ शेखलाई शून्यमा सिमन्सले साद बिन जफरबाट क्याच गराएका थिए।

कप्तान दीपेन्द्रसिंह ऐरीले नटआउट ३९ रन र स्कट कुगेलेइनले नटआउट ११ रन जोडे। दीपेन्द्रले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे। कुगेलेइनले ६ बलमा १ छक्का हिर्काए।

बलिङमा लुम्बिनीका रेमन्ड सिमन्सले २ विकेट लिए। उनले ४ ओभरमा ३२ रन दिए।

लयमा रहेको सुदुरपश्चिमले यसअघिका दुवै खेलमा जित निकालेको थियो।

लुम्बिनी भने दुवै खेलमा पराजित भएको थियो। पहिलो खेलमा १९१ रन र दोस्रो खेलमा १७० रन बनाउदा पनि लुम्बिनीले खराब बलिङका कारण खेल गुमाएको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित