काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदका लागि भएको निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार माओवादी केन्द्रकी उम्मेदवार देवकी तिमिल्सिनाले ९ सय मतसहित अग्रता लिएकी छन् ।
उनलाई नेपाली कांग्रेसकी उम्मेदवार सविता बुढा ६ सय ८९ मत ल्याएर पछ्याइरहेकी छन् । एमालेकी उम्मेदवार जाना शाहीले ५ सय ९१ मत पाएकी छन् । राप्रपाका उम्मेदवारले ३४ र रास्वपाका उम्मेदवारले ८ मत ल्याएका छन् ।