कांग्रेसको गढ मानिने धनुषाधाम-१ मा माओवादीका सुनिल विजयी

काठमाडौं । धनुषाको धनुषाधाम नगरपालिकाको वडा नम्बर–१ मा नेकपा माओवादी विजयी भएको छ।

माओवादीका सुनिल कुमार केवटले ६ सय ८४ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका हुन् । गत स्थानीय तहको निर्वाचनमा उनी तेस्रो भएका थिए।

कांग्रेसका उम्मेदवार अशोक कुमार मण्डललाई उनले ८२ मतको अन्तरले पराजित गरे। अशोकले ६०२ मत प्राप्त गरे भने जसपाका उम्मेदवार अजय कुमार यादवले ४ सय ९९, नेकपा एमालेका प्रमोद कुमार यादवले ३६५ मत ल्याए ।

काँग्रेसबाट लगातार दुईपटक वडाध्यक्ष जितेका विश्वनाथ यादवको २०८१ जेठ ३१ गते निधन भएपछि यस वडामा उपचुनाव भएको हो। यो वडा कांग्रेसको गढ मानिन्थ्यो।

गत स्थानीय तह चुनावमा कांग्रेसका यादवले ६१८ मत ल्याएर निर्वातित हुँदा नेकपा एमालेका प्रमोदले ३७७ मत प्राप्त गरेका थिए ।

हाल निर्वाचित भएका माओवादीक केवटले ६६९ मत पाएका थिए। कांग्रेसबाट निर्वाचित भएका धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डल र कांग्रेसका केन्द्रिय सदस्य राष्ट्रियसभा सदस्य आनन्द ढुंगानाको घर समेत यसै वडामा पर्छ।

नेता ढुंगाना, सहमहामन्त्री महेन्द्र यादव, मेयर मण्डल लगायतका नेता आफ्नो साख जोगाउन घरदैलो, पार्टी प्रवेश, र्‍याली लगायतका कार्यक्रम गरेका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित