यसअघि माओवादीले जितेको कुशेमा कांग्रेसका खम्बबहादुर सिंह बिजयी

जाजरकोट । जाजरकोटको कुशे गाउँपालिका वडा नम्बर ७ मा कांग्रेस विजयी भएको छ । कांग्रेस उम्मेदवार खम्बबहादुर सिंह १५ मतले विजयी भएका हुन् ।

माओवादी केन्द्रका गोरखबहादुर घर्तीलाई पराजित गर्दै सिंह विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

कांग्रेस उम्मेदवार सिंहले ३ सय ४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका घर्तीले ३ सय ३२ मत प्राप्त गरे । १ हजार ३ सय २ मतदाता रहेको वडामा ९ सय ५६ मत खसेको थियो ।

एमालेका गोरखबहादुर नेपालीले २५२ मत पाउँदा राष्ट्रिय प्रजातन्त्र पार्टीका लालबहादुर खत्रीले ७ मत प्राप्त गरे ।

यो वडा यसअघिको निर्वाचनमा माओवादी केन्द्रले जितेको थियो । वडाअध्यक्ष मुनबहादुर घर्तीको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा उपनिर्वाचन भएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित