बेल्जियममा अब यौनकर्मीलाई पनि पेन्सन

काठमाडाैं । बेल्जियमले विश्वमै पहिलो पटक ल्याएको यस्तो नयाँ कानुनले यौनकर्मीहरुलाई पनि अन्य पेशाकर्मी तथा रोजगार झैं समान व्यवहार गर्नेछ ।

एजेन्सी । बेल्जियमले हालै यौनकर्मीहरुलाई मातृत्वको अधिकार दिने गरी कानुन ल्याएपछि यौनकर्मीहरु उत्साही बनेका छन् । उक्त कानुन अनुसार अब त्यहाँ यौनकर्मीहरुले सेक्स वर्करहरुले मेटर्निटी लिभ अर्थात् मातृत्व बिदा पाउनेछन् ।

यससँगै उक्त कानुनले उनीहरुलाई पेन्सन, बिरामी बिदा, स्वास्थ्य बिदा लगायतका सुविधाहरुको पनि हक दिएको छ । यसले यौनकर्मीहरुलाई पनि अन्य पेशा वा जागिरको झैं हक र सुविधा प्रदान गरेकोमा अधिकारकर्मीहरुले खुसियाली मनाएका छन् ।

बेल्जियमले यौनकर्मीलाई दिएको यसरी दिएको अधिकार विश्वमै पहिलो पटक हो । इन्टरनेसनल युनियन अफ सेक्स वर्करका अनुसार विश्वभर करिब ५ करोड २० लाख यौनकर्मी छन् । तर उनीहरुलाई मातृत्व तथा स्वास्थ्य बिमाको अधिकार पहिलो पटक बेल्जियमले दिएको हो । बेल्जियमले यो पेशालाई २०२२ मा नै अपराधको स्तरबाट हटाएको थियो । टर्की र पेरुमा पनि यो पेशा कानुनी रुपमा वैध मानिन्छ ।

ह्युमन राट्स वाचकी अनुसन्धानकर्मी एरिन किलब्राइड बेल्जियमले ल्याएको यो कदमलाई यस क्षेत्रमा अहिलेसम्मकै उत्तम मान्छिन् । साथै हरेक देशहरुले यसबाट सिक्नुपर्ने उनको धारणा छ । यद्यपि यौनकर्मीहरुमाझ तस्करी, दुर्व्यवहार र शोषण लगायतका कुराहरु यस कानुनले रोक्न नसक्ने भन्दै कतिपयले आलोचना पनि गरेका छन् ।

तर बेल्जियमको यस कदमपछि धेरैजसो यौनकर्मीहरुले खुसियाली व्यक्त गरेका छन् । यौनकर्म पनि एक पेशा भएको भन्दै यसलाई सरकारले सुरक्षित बनान खोजेकोमा उनीहरुले खुसी व्यक्त गरे । कतिपयका लागि यौनकर्म एक रोजगारीको रुपमा रहेको भन्दै यसमा आवद्ध व्यक्तिहरुलाई कानुनी रुपमा दिइएको अधिकारले उनीहरुलाई सुरक्षित बनाएको यौनकर्मीहरुको धारणा छ ।

बीबीसीमा प्रकाशित समाचारमा यौनकर्मीहरुले यस पेशामा पहिले आफूले कस्ता चुनौती र जोखिम झेल्नुपर्‍यो भनेर अनुभव बाँडेका छन् । जसमध्ये कतिपयले त गर्भवति भएर सन्तान जन्माउन एक हप्ता बाँकी हुँदा पनि यौनकर्ममा लाग्नुपरेको बताएका छन् । मातृत्व बिदा लिने अधिकार नहुँदा यस्तो जोखिम मोल्नुपरेको उनीहरुको भनाइ छ ।

साथै कतिपयले असुरक्षित यौन सम्पर्क राख्न बाध्य भएको र आफूले चाहे अनुसार बिदा नपाएको उनीहरुले बताएका छन् । विशेषगरी यौनकर्ममा लाग्ने क्रममा असुरक्षित सम्बन्ध राख्दा हुनसक्ने स्वास्थ्य चुनौतीलाई बेल्जियमको नयाँ कानुनले सुरक्षित बनाउने उनीहरुले बताए ।

यस्तो अवस्थामा बिरामी बिदा तथा स्वास्थ्य बिमा जस्ता अधिकार नहुँदा आफूहरुले अनेक चुनौतीको सामना गर्नुपरेको र बाध्य भएर जोखिम मोल्नुपरेको उनीहरुको भनाइ छ । अब बेल्जियम सरकारले ल्याएको कानुन अन्तर्गत आफूहरु सुरक्षित महसुस गर्न सक्ने उनीहरुले बताए ।

तीमध्ये बेलजियमकी सोफी नामकी एक यौनकर्मीले बीबीसीको समाचारमा भनेकी छन्, ‘म ९ महिनाको गर्भवती हुँदा पनि काम गर्न बाध्य थिएँ । म बच्चा जन्माउन भन्दा एक साताअघि पनि ग्राहकसँग यौन सम्बन्ध राख्न बाध्य भएँ ।’

पाँच सन्तानकी आमा सोफीले यस्तो जखिमका बीच यौन पेशासँग सम्झौता गर्न बाध्य भएको बताएकी छन् । जुन निकै कठिन रहेको उनले स्मरण गरिन् । जब सोफीले पाँचौं सन्तान जन्माउँदै थिइन् । त्यसबेला उनलाई ६ हप्तासम्म आराम गर्न भनिएको थियो । तर पनि आफूसँग कुनै विकल्प नरहेर यौन सम्बन्ध राख्न बाध्य भएको सोफीले बताएकी छन् ।

‘मैले त्यसरी आराम गर्नसक्ने अवस्था थिएन । किनकि मलाई पैसा चाहिएको थियो,’सोफीले भनेकी छन् । अब बेल्जियमले ल्याउँदै गरेको नयाँ कानुन अनुसार सोफी जस्ता थुप्रै यौनकर्मीले गर्भवती हुँदा वा बिरामी हुँदा बिदा बस्न सक्नेछन् । साथै बिरामी बिदाको हक अनुसार उनीहरुले बिदा लिन सक्नेछन् । र स्वास्थ्य बिमाको हकअनुसार रोजगारदाताले नै उनीहरुको उपचार गर्नुपर्ने छ ।

बेल्जियमको नयाँ कानुन विश्वमै पहिलो पटक आएको हो । यस कानुन अनुसार यौनकर्मीहरु पनि अब अन्य रोजगारी झैं रोजगारदातासँग सम्झौता गरेर सुविधा लिन सक्नेछन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित