रोल्पाको रून्टीगढी-४ मा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडाैं । रोल्पाको रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्षका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट भूपमणि पुन मगर निर्वाचित भएका छन्। जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाका अनुसार कांग्रेसका मगरले ६४३ मत प्राप्त गरी निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट बेगम पुन मगरले ५३५ मत पाए। त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार नरेशजंग सिंहले ७० मत पाए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार पहलबहादुर वलीले १०, राष्ट्रिय स्वतन्त्र पार्टीका हिमबहादुर पुनले ७ र मंगोल नेसनल अर्गनाइजेसनबाट पूर्णबहादुर बुढा मगरले पनि ७ मत पाएको प्रदेश निर्वाचन कार्यालय दाङका कम्प्युटर अप्रेटर गेहेन्द्र कुँवरले सेतोपाटी जानकारी दिए। यहाँ २०७९ सालमा पनि कांग्रेसकै टंकबहादुर पुन निर्वाचित भएका थिए। उनको मृत्यु भएपछि पुनः निर्वाचन भएको हो।

अहिले भएको उपनिर्वाचनमा यहाँ झन्डै ६० प्रतिशत मत खसेको थियो। कुल एक हजार ९ सय मतदाता रहेकामा एक हजार दुई सय ९७ मत खसेको थियो। त्यस्तै बदर मत २१ छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित