पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको शनिवार बसेको बैठकले आजै मध्यरातदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ वृद्धि गर्ने निर्णय गरेको हो । जसअनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य प्रतिलिटर १६० रुपैयाँ कायम भएको छ ।

इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५८ पैसा बढेर आएको छ । यस्तै डिजेलको मूल्य १८ पैसा घटेर आएपनि मूल्यमा कुनै हेरफेर गरिएको छैन ।

निगमका अनुसार मट्टितेलको मूल्य प्रतिलिटर १ रुपैयाँ ७४ पैसा, हवाई इन्धनमा १ रुपैयाँ ३५ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर १४ रुपैयाँ ४९ पैसाले बढेर आएको छ । जसअनुसार हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १५ अमेरिकी डलरका दरले बढाइएको निगमले शनिवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित