जनकपुरलाई विराटनगरले दियो १२८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जितका लागि जनकपुर बोट्ल्सले विराटनगर किङ्सलाई एक सय २८ रनको लक्ष्य दिएको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनायो ।

विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेले । ५५ रन बनाएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का प्रहार गरे । अकिब इल्यासले १५ रन बनाए । ओपनर लोकेश बम पाँच रनमा आउट भए ।

अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिए । किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन र बेन माइकले एक विकेट लिए । पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित