प्रकाश भुजेलको गाडीले ठक्कर दिँदा ज्यान गुमाएका नगरकोटीका दुई छोरीलाई प्रचण्डद्वारा शैक्षिक सामग्री हस्तान्तरण

पीडामा रहेकाहरुलाई सहयोग गर्ने संस्कृति बढाएर लैजानुपर्छ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा दुःख पीडामा रहेकाहरुलाई सहयोग गर्नु नेपाली समाजको संस्कृति भएको उल्लेख गर्दै यसलाई बढाएर लैजानुपर्ने बताएका छन् ।

गत कात्तिक २८ गते झाँक्री प्रकाश भुजेलले चलाएको गाडिको ठक्करबाट ज्यान गुमाएका नारायण नगरकोटी र श्रीमती सानुमाया नगरकोटीका दुई छोरीलाई शैक्षिक सामग्री सहयोग घोषणा तथा हस्तान्तरण कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन् ।

दुर्घटनालगत्तै अध्यक्ष प्रचण्ड कागेश्वरी मनोहरा नगरपालिका २ आलापोटस्थित नगरकोटी निवास पुगेर बाबुआमा गुमाएका दुई छोरी गरिमा र अनु नगरकोटीको अभिभावकत्व लिने घोषणा गरेका थिए । उनको घोषणालाई समथर्न गर्दै उद्धव नेपालले गरिमा र अनुलाई कक्षा १२ सम्म अध्ययन गर्दा आवश्यक पाठ्यपुस्तकलगायतका शैक्षिक सामग्री र पोशाक सहयोग गर्ने घोषणा गरेका थिए ।

सहयोग घोषणा कार्यक्रममा अध्यक्ष प्रचण्डले शैक्षिक सामग्री सहयोग गर्ने नेपाल, घटनालगत्तै एकताबद्ध भएर यो पीडालाई उजागर गर्दै सहयोग सङ्कलन गर्ने आलापोटबासी र निःशुल्क अध्ययनको व्यवस्था मिलाउने विद्यालयलाई धन्यवाद दिए । उनले भने– ‘समाजमा पीडामा भएका र सेवा आवश्यक रहेका व्यक्तिहरुलाई सहयोग गर्ने भावना नेपाली समाजको संस्कृति नै हो, यसलाई बढाएर लैजानुपर्छ ।’

समाजमा पीडामा रहेकाहरुको अभिभाकत्व सरकारले लिनुपर्ने भए पनि अहिले सरकार एउटा भन्ने र अर्को गर्ने अवस्थामा रहेको टिप्पणी गर्दै सकेसम्म समाजका पीडाहरुलाई नदेखेजस्तो गर्ने र गरे पनि आफ्नाहरुलाई मात्र गर्ने अवस्था रहेको बताए । यो बेलामा असक्त र पीडितहरुको पक्षमा समाजले नै बढी जिम्मेवारी लिनुपर्ने आवश्कयता रहेको उनले बताए ।

आफूले दुर्घटनामा नगरकोटी दम्पत्तिको ज्यान गएको खबर सुनेपछि आलाकोटमै पुगेर पीडित परिवारलाई भेटेको र स्थानीयबासीलाई पनि संक्षिप्त सम्बोधन गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले भने,– ‘मेरो घोषणालाई सुनेर सहयोग गर्ने भावना पैदा हुनु महत्वपूर्ण छ, यो एउटा घटना विशेष सहयोग भए पनि दुःखपीडामा परेकाहरुलाई सबैले हातेमालो गरेर सहयोग गर्नुपर्छ भन्ने यो देशैभरिका जनताका लागि एउटा सन्देश पनि हो ।’

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित