महिलाको हत्या गरी बोरामा शव फालेको आरोपमा तीन जना पक्राउ

काठमाडौं । यही मंसिर ८ गते धनुषाको आमाखोलामा मृत भेटिएकी एक महिलाको हत्यामा संलग्न आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

शुक्रबार जिल्ला प्रहरी कार्यालयले जनकनन्दिनी गाउँपालिका-३ बस्ने २२ वर्षीय रामललित खत्वे मण्डल, सोही ठाउँका २० वर्षीय ज्ञानेन्द्र दास र सहिदनगर नगरपालिका-८ नाथपट्टी बस्ने २४ वर्षीय रमेशकुमार मण्डललाई प्रहरीले सार्वजनिक गरेको हो।

मंसिर ८ गते जनकनन्दिनी गाउँपालिका-४ खजुरी र कमला नगरपालिका-२ सरावेको बीच सिमानामा रहेको आमाखोलामा नामथर नखुलेकी एक महिलाको शव प्लास्टिकको बोराभित्र रहेको अवस्थामा फेला परेको थियो। पछि ती महिला जनकनन्दिनी गाउँपालिका-५ उधा टोल निवासी रेखाकुमारी मण्डल रहेको खुल्न आएको थियो।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा धनुषाका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले मृतकलाई घटनास्थलमा ल्याउन ज्ञानेन्द्र दास र रमेशकुमार मण्डलले सहयोग गरेको र राम ललित मण्डल खत्वेले ढुंगाले अनुहारमा प्रहार गरी मुर्छित बनाइ घाँटी रेटेर हत्या गरेको खुल्न आएको बताए।

मृतकसँग बिहे गर्ने सम्बन्धमा विवाद भएपछि घटना भएको देखिएको उनले जानकारी दिए। मृतक र खत्वेबीच पाँचरछ वर्षदेखि रामललित मण्डल खत्वेबीच प्रेम सम्बन्ध रहेको बताइएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित