माओवादी केन्द्र बागलुङले तोक्यो ९ वटा पालिका सम्मेलनको मिति

मंसिर २९ गते पार्टी उपाध्यक्ष पम्फा भुसालले बागलुङमा हुने खरबदारी सभालाई सम्बोधन गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) बागलुङले ९ स्थानीय तहको सम्मेलन गर्ने मिति तय गरेको छ । जिल्ला संयोजक राजीव घिमिरेका अनुसार जैमिनीबाहेक अन्य ९ पालिकाको सम्मेलन मंसिर २९ गतेभित्र गर्ने निर्णय गरिएकाे छ ।

‘केन्द्रको सकुर्लर अनुसार मंसिर २९ गते पालिकाहरुको सम्मेलन सकेर जिल्लामा खबरदारी सभा गर्ने निर्णय भएकाे छ’, उनले भने, ‘त्यो भन्दा अगाडी वडा हुँदै पालिकाका सम्मेलन गरिसक्छौँ ।’

उनका अनुसार नेकपा माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालको उपस्थितिमा बागलुङमा मंसिर २९ गते खबरदारी सभा हुने भएको छ । सभालाई पार्टीका अन्य नेताहरुले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

यस्तै, निसीखोला गाउँपालिकाको दोस्रो गाउँसम्मेलन मंसिर २६ गते गर्ने निर्णय गरिएको छ । नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य प्रेमबहादुर घर्तीमगरका अनुसार कुविर विकको संयोजकत्वमा ३९ सदस्य गाउँसम्मेलन आयोजक कमिटी गठन गरिएको छ । शुक्रबार बसेको बैठकले सामाजिक विभेद, लैंगिक हिंसा र जुवाजन्य गतिविधिहरुप्रति नागरिकलाई सचेतना फैलाउँदै त्यसका विरुद्धमा लाग्ने निर्णय समेत गरिएकाे छ ।

यस्तै, बडिगाड गाउँसम्मेलन मंसिर २८ गते गाउँ सम्मेलन गर्ने निर्णय गरिएको छ । मिलन रेश्मीको संयोजकत्वमा ५९ सदस्य गाउँपालिका सम्मेलन आयोजक कमिटी गठन गरिएको छ । गाउँ कमिटी उपाध्यक्ष नरिश्वर घिमिरेको संयोजकत्वमा प्रचार तथा मञ्च व्यवस्थापनको जिम्मा दिइएको छ । आर्थिक संयोजकको जिम्मेवारीमा टिपुरे सुनारलाई तोकिएको छ ।

यसैगरी मंसिर २५ गते ढोरपाटन नगरसम्मेलन गर्ने निर्यण गरिएकाे छ । नगर कमिटीलाई भंग गरी नगरसम्मेलन आयोजक कमिटी गठन गरिएको छ । यसैक्रममा शुक्रबार ढाेरपाटन नगरपालिका वडा नम्बर ६ काे सम्मेलनका क्रममा विभिन्न पार्टी परित्याग गरि २० जना माओवादी केन्द्रमा प्रवेश गरेको नगरउपाध्यक्ष सुमित घर्तीमगरले जानकारी दिए ।

यस्तै, तमानखोला गाउँपालिकाको सम्मेलन मंसिर २६ गते, गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको सम्मेलन मंसिर २७ गते गर्ने निर्णय गरिएको छ । काठेखोला गाउँपालिकाको मंसिर २४ गते, बागलुङ नगरसम्मेलन मंसिर २९ गते र बरेङ गाउँसम्मेलन मंसिर २९ गतेभित्र गर्ने निर्णय गरिएको जिल्ला संयोजक घिमिरेले जानकारी दिए । उनका अनुसार जैमिनीमा एक महिना अघिमात्र सम्मेलन गरिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित