६ घण्टा लामो बयानपछि रविलाई फेरि हिरासतमा लगियो

काठमाडौं । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा रास्वपाका सभापति रवि लामिछानेको आजको बयान सकिएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई शुक्रबार बिहानदेखि ६ घन्टासम्म बयान लिइएको थियो ।

बिहीबार मात्रै उनलाई कास्की जिल्ला प्रहरी कार्यालयबाट काठमाडौं ल्याइएको थियो । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । यससँगै बुटवल, काठमाडौं र चितवनका विभिन्न सहकारीको बचत रकम पनि अपचलन गरेको उनीमाथि आरोप छ ।

कालीमाटीमा रहेको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा काठमाडौं जिल्लाले पनि उनलाई पक्राउ पुर्जी जारी गरेको थियो । सोही अनुरुप लामिछानेको बयानका लागि बिहीबार काठमाडौं ल्याइएको हो । प्रहरीका अनुसार उनलाई यहाँ ३ दिनसम्म राखिनेछ ।

काठमाडौंमा पहिलो दिनको बयान ६ घन्टासम्म चलेको थियो । सरकारी वकिलको कार्यालयमा बयान सकिएपछि उनलाई पुन हिरासतमा लगिएको छ । बयान सुरु हुनभन्दा पहिलेदेखि नै माइतीघरस्थित सरकारी वकिलको कार्यालय अगाडि रास्वपाका कार्यकर्ताहरुको भीड लागेको थियो । सरकारी वकिल कार्यालयको अन्डरग्राउन्डबाट उनलाई निकालिएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित