रामराजा क्याम्पसका प्रमुख कुशवाहाको हत्याका मुख्य अभियुक्त पक्राउ

वीरगञ्ज । बारा कलैयामा रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरि भूषण कुशवाहाको हत्याक मुख्य अभियुक्तलाई बारा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले कुशवाहाको हत्यापछि फरार रहँदै आएका बाराको आदर्शकोतवाल गाउँपालिका-२ बस्ने ४१ वर्षका सुरेन्द्रप्रसाद कुशवाहालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनलाई बारा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । क्याम्पस प्रमुख हरिभुशनको गत जेठ ३२ गते पक्राउ परेका कुशवाहासहित १७ जनाले घेरा हाली गोली हानेर हत्या गरेको बारा प्रहरीको भनाइ छ ।

पक्राउ परेका मुख्य अभियुक्त कुशवाहा नेपाली सेनाका भगौडा तथा गाँउघरमा सबैलाई त्रसित बनाउने पृष्ठभूमि भएको पनि प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आदर्शकोतवाल गाउपालिका( २ खजुरीया भन्ने ठाउँमा क्याम्पस प्रमुख हरिभुसनमाथि आफ्नो घरबाट कलैयाबजारतर्फ आउने क्रममा साँझ सवा पाँच बजेको समयमा गोली प्रहार भएको थियो ।

उनको उपचारको क्रममा सोही दिन मृत्यु भएको थियो । प्रहरीले उक्त घटनामा प्रयोग भएको हतियार दुई थान पेस्तोल, सात राउन्ड गोली, चारवटा मोटरसाइकल, चार थान मोबाइल, ल्यापटप र सिम कार्ड बरामद गरी अनुसन्धान पगरेको थियो ।

सो क्रममा पक्राउ परेका आठ जनालाई अदालतले पूर्पक्षका लागि कारागार चलान गरी सकेको छ । तर घटनाका मुख्य अभियुक्त सुरेन्द्र भने हालसम्म फरार रहँदै आएका थिए ।

उनी कहिले भारत र कहिले नेपालमा लुकिछिपी बस्दै आएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराको विशेष टोलीले उनलाई मोरङबाट पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश सापकोटाले जानकारी दिए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित