काठमाडौं । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आज (मंसिर १३ गते) यस वर्षयताकै कममा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको विवरणअनुसार उपत्यकाको न्यूनतम तापक्रम ७।६ डिग्री सेल्सियसमा ओर्लिएको हो। यो काठमाडौँ उपत्यकाका लागि २०८१ सुरु भएयताकै कम तापक्रम हो। यसअघि बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ डिग्री सेल्सियस थियो।
महाशाखाको सूचीमा आज सबैभन्दा कम जुम्लामा न्यूनतम तापक्रम ४.६ डिग्री सेल्सियस छ। अनि सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ बाँकेको नेपालगन्जमा १३.५ डिग्री सेल्सियस छ। आजको अधिकतम तापक्रम भने बेलुका सार्वजनिक हुनेछ।