बक्यौता नतिर्ने उद्योगीको घरको लाइन काट्ने प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड फिडरबाट विद्युत उपभोग गरी बक्यौता महसुल नतिर्ने उद्योगका सञ्चालकको घरको लाइन काट्ने भएको छ। साथै, बक्यौता नतिर्ने उद्योगका सञ्चालकका अन्य जलविद्युत कम्पनी भएमा उनीहरूलाई प्राधिकरणले तिर्नुपर्ने रकमबाट कट्टा गरेर पनि बक्यौता असुल गर्ने निर्णय प्राधिकरणले लिएको छ । प्राधिकरणले विद्युत नियमन आयोगलाई पत्र लेखी बुधबार यो जानकारी दिएको हो।

मंगलबार आयोगले प्राधिकरणलाई पत्र लेखी उद्योगहरूको लाइन नकाट्न भनेको थियो। त्यसको जवाफमा प्राधिकरणले आयोगलाई ५ बुँदे पत्र पठाएको छ।

पत्रको पहिलो बुँदामा बक्यौता महसुल नतिर्ने उद्योगहरूको बैंक खाता रोक्का राख्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको जानकारी गरायएको छ।

दोस्रो बुँदामा धितोपत्र बोर्डमा ती उद्योगको सेयर सर्वसाधारणमा जारी नगर्न भनेर पत्राचार गरिएको कुरा उल्लेख छ।

त्यस्तै तेस्रो बुँदामा कम्पनी रजिस्ट्रार कार्यालयलाई लेखिएको पत्रको व्यहोरा अवगत गराइएको छ, जसमा ‘ट्रंकलाइन तथा डेडिकेटेड फिडरबाट विद्युत उपभोग गरी बक्यौता महसुल नबुझाउन सम्बन्धित उपभोक्ता (संस्था कम्पनी) हरूको सेयर, सो संस्था कम्पनीले अन्य कुनै कम्पनीमा सेयरमा लगानी गरेको भए उक्त कम्पनीको सेयर एवं विद्युत महशुल बक्यौता राख्ने कम्पनीको सञ्चालकको सम्बन्धित अन्य कम्पनीमा रहेको सेयरसमेत जारी गर्न, कुनै पनि प्रकारले हक हस्तान्तरण गर्न र धितो बन्धकी दिन नपाउने गरी रोक्का राखी बक्यौता विद्युत महसुल असुलउपर गर्न सहयोग गरिदिन’ भनिएको छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित