प्रिमियम महसुल नतिर्ने २८ उद्योगको खाता रोक्न राष्ट्र बैंकलाई कुलमानको पत्र

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंकलाइन प्रयोग गरेर प्रिमियम महसुल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले २८ उद्योगको खाता रोक्का गर्न अनुरोध गर्दै नेपाल राष्ट्र बैंकलाई पत्र लेखेको छ । प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनमा बुधबार पत्र लेखिएको हो ।

पत्रमा बक्यौता नतिर्ने उद्योगले बैंक तथा वित्तीय संस्थामा खोलेका सबै खाता रोक्का राख्न आग्रह गरिएको छ । मंगलबार विद्युत नियमन आयोगले उद्योगमा बिजुली कटौती गर्ने बाहेकका अन्य विकल्प प्रयोग गर्दै बक्यौता उठाउन प्राधिकरणलाई पत्राचार गरेपछि उद्योगहरूको खाता रोक्का गर्न लागिएको हो ।

त्यस्तै, अनुसार डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता तिर्न बाँकी उद्योगको आईपीओ निष्कासन प्रक्रिया रोक्न आग्रह गर्दै नेपाल धितोपत्र बोर्डलाई समेत पत्राचार गरिएको छ ।

त्यस्तै, प्राधिकरणले कम्पनी रजिस्ट्रारको कार्यालयलाई पनि पत्र पठाएको छ । बक्यौता नबुझाउने उद्योगका लगानीकर्ता अन्य कम्पनीको सञ्चालक भए सेयर किनबेचमा रोक लगाउन पत्रमा आग्रह गरिएको छ ।

आज बिहान बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले उद्योगहरूमा लाइन नकाट्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित