कुलमानमाथि जाँचबुझ गर्न बनेको आयोगको संयोजकद्वारा पदमा बस्न अस्वीकार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा भएको भ्रष्टाचार, अनियमितता छानबिनका लागि मन्त्रिपरिषद्ले गठन गरेको जाँचबुझ आयोगका संयोजकले पदमा बस्न अस्वीकार गरेका छन् ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्य न्यायाधीश हरि कुमार पोखरलेको संयोजकत्वमा तीन सदस्यीय छानबिन आयोग बनाउने निर्णय गरेको थियो । संयोजक पोखरेलले आयोगमा बस्न अस्वीकार गरेपछि पुनः मन्त्रिपरिषद्ले संयोजक तोकेपछि मात्रै आयोगले पूर्णता पाउनेछ ।

समितिमा एक जना चार्टड अकाउन्टेन र एक जना प्राविधिक राख्ने निर्णय भएको थियो । मन्त्रिपरिषदले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अटेर गरेका छन् ।

लाल आयोगको प्रतिवेदन कार्यान्वयन गरेर डेडिकेटेड फिडर तथा ट्रंकलाइनको विवाद समाधान नगरेपछि सरकारले छानबिन गर्न लागेको हो । यसअघि सरकारले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्राडा अरबिन्द कुमार मिश्रको संयोजकत्वमा कार्यदल बनाएर टाइम्स अफ डे (टिओडी) मिटर अनुसार प्राधिकरणको बिल जाँच गर्ने काम गरिरहेको छ ।

लाल आयोगको प्रतिवेदनमा टिओडी मिटरको रेकर्डअनुसार हिसाब गरेर पुनः बिल पठाएर बक्यौता उठाउन भनिएको छ । प्राधिकरणले टिओडी मिटरको रेकर्डबिना नै बिल पठाएको उद्योगीहरुको आरोप छ । टिओडी मिटरमा भएको रेकर्ड एकिन गरेर पुनस्बिल पठाउन सरकारले निर्देशन दिए पनि प्राधिकरणले पुरानै बिल उद्योगमा पठाएको थियो । त्यसपछि सरकारले कार्यदल नै बनाएर अध्ययन गर्न लागेको हो ।

स्रोतका अनुसार प्राधिकरणको भएको खरिद, ट्रान्सफर्मरलगायतका विषयमा छानबिन गर्न लागिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि पनि प्राधिकरण नेतृत्वले अनावश्यक ट्रान्सफर्मर खरिद गरेको आरोप लगाउँदै आएका थिए ।

लेखा समितिमा समेत यस विषयमा प्रश्न उठेको थियो । लेखा समितिका सभापति ऋषिकेश पोखरेलले प्राधिकरणले अनानवश्यक ट्रान्सफर्मर किनेको बताएका थिए । उनले ट्रान्सफर्मर थुपारेर खोला थुनेको आरोप लगाएका थिए ।

ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले प्राधिकरण नेतृत्वले धेरै अधिकार पाएका कारण सरकारलाई नटेरेको बताउँदै आएका छन् । उनले प्राधिकरणमा भएका अनियमितता छानविन गर्नुपर्ने निष्कर्ष निकालेका थिए। उनैको प्रस्तावमा छानबिन आयोग बनाउने निर्णय भएको थियो ।

उद्योगहरुमा प्राधिकरणले १५ दिनको समय दिएर लाइन जोडेको छ । बुधबार उक्त समय पूरा हुँदैछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित