पत्र नबुझेपछि हुलाकबाट महानगरले एमालेलाई पठायो १ लाख जरिवानाको चिट्ठी

काठमाडौं । सत्ताको नेतृत्व गरिरेहको दल नेकपा एमाले र काठमाडौं महानगरबीच शुक्रबारयता विवाद चलिरहेको छ ।

नेकपा एमालेले शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजना गरेको सभापति काठमाडौं महानगरपालिकाले कार्यक्रममा सडक र पेटीमा फोहर गरेको भन्दै पत्र काटेको सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

आइतबार काठमाडौं महानगरको टोली दलबलसहित १ लाख जरिवाना गरिएको पत्र लिएर च्यासलस्थित एमाले पार्टी कार्यालय पुगेको थियो ।

तर एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले चिट्ठी बुझ्न अस्वीकार गर्दै पत्र बेठिक ठाउँमा आएको बताए ।

एमाले केन्द्रीय कार्यालय उक्त कार्यक्रमको आयोजक नभएकाले आयोजकलाई नै चिट्ठी बुझाउन उनले आग्रह महानगरको टोलीलाई आग्रह गरे । काठमाडौं महानगरपालिकाका प्रुमख बालेन्द्र शाहले स्टन्टबाजी गरेको भन्दै सामान्य प्रशासनिक कुराहरु बुझेर मात्रै काम अघि बढाउन आग्रह गरे ।

उनले यसलाई बालेनको स्टन्टबाजी भएको बताए । एमालेले सभा गरेपछि फोहोर सफा गरेको बताएको छ ।

एमालेले पत्र बुझ्न अस्वीकार गरेपछि महानगरले जरिवाना पत्र हुलाक र इमेलमार्फत पठाएको छ ।

आइतबार भौतिक रूपमा पत्र नबुझेपछि महानगरले इमेल र हुलाकमार्फत पत्र बुझाएको काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले जानकारी दिए ।

सोमबार बिहान हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएको उनले बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित