अब सुन र चाँदीको मूल्य घट्ने

काठमाडौं । सुन र चाँदीमा लाग्दै आएको भन्सार दर घटेको छ । मन्त्रिपरिषद्को मंसिर ६ गते बसेको बैठकको निर्णय अनुसार सुन र चाँदीको भन्सार दर १० प्रतिशत कायम भएको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।

यसअघि सुनको भन्सार दर २० प्रतिशत र चाँदीको १५ प्रतिशत कायम थियो । यसअघि १० प्रतिशत नै रहेको सुनको भन्सार दर अर्थमन्त्री वर्षमान पुनले बजेटमार्फत बढाएका थिए ।

गत बजेटमा भारतले सुनको भन्सार दर घटाएसँगै नेपालमा पनि घटाउन दबाब बढ्दै आएको थियो । भन्सार दर नघटाउँदा नेपालमा सुनचाँदी भारतबाट तस्करी समेत हुँदै आएको पाइएको थियो ।

मन्त्रिपरिषद्बाट प्रमाणित भएर आएको निर्णय भन्सार विभागलाई पठाइएको छ । अब भोलिदेखि आयात हुने सुनमा भन्सार घट्नेछ । भन्सार दर घटेसँगै अब सुन र चाँदीको मूल्य समेत घट्नेछ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित