रवि लामिछानेलाई थप १५ दिन थुनामा राख्न अदालतको अनुमति

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न १५ दिन म्याद थप भएको छ ।

आइतबार न्यायाधीश भीमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

यसअघि थप गरिएको १३ दिनको अदालती म्याद सकिएपछि आज पुन अदालत उपस्थित गराइएको हो । गत कात्तिक २५ गते कास्की जिल्ला अदालतले १३ दिनको म्याद दिएको थियो ।

सहकारी ठगी प्रकरणमा कात्तिक २ गते लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ ।

उनीमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान भइरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको उनीमाथि आरोप छ । रविमाथि रुपन्देही, चितवन, काठमाडौं लगायतका स्थानमा रहेका सहकारीको रकम अपचलन गरेको आरोप छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित