धितोपत्र बोर्डको अध्यक्षका प्रत्यासी चिरञ्जीवी चापागाईं अन्तर्वार्तामा अनुपस्थित

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षका आवेदन दिएर अन्तर्वार्ता दिन छुटेका बाँकी ३ जनामा २ जना मात्रै उपस्थित भएका छन् ।

अर्थ मन्त्रालय स्रोतका अनुसार आज अन्तर्वार्ता तथा प्रस्तुतीकरण दिन छुटेका ३ जनामध्ये नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्की र धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीमात्रै पुगेका छन् । तत्कालिन बिमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं भने अनुपस्थित भएका छन् ।

बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको सिफारिस समितिले आज बिहान ८ बजे अन्तवार्ता लिन बोलाएको थियो । उनीहरुको सिंहदरबार स्थित अर्थ मन्त्रालयमा भएको छ ।

यसअघि अध्यक्षका प्रत्यासी सन्तोषनारायण श्रेष्ठ र धितोपत्र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठको अन्तर्वार्ता सकिएको छ । अध्यक्ष छनोट समितिका संयोजक तथा योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले दुई जनाको अन्तर्वार्ता तथा प्रस्तुतीकरण यसअघि नै शिलबन्दी रुपमा लिइएको र अहिले २ जनाको पनि अन्तर्वार्ता तथा प्रस्तुतीकरण भएको बताए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित