काठमाडौं । आइतबार सुनको मूल्य एकैदिन एक हजार ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन यसदिन एक लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भैरहेको छ ।
पछिल्लो रेकर्डअनुसार गत कात्तिक १३ गते सुनको मूल्य सर्वाधिक एक लाख ६८ हजार ५०० रुपैयाँ पुगेकोमा पछिल्लो समय उक्त रेकर्ड तोड्नेगरी सुनको मूल्य दिन प्रतिदिन बढ्दै गएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा कारोबार भएकोमा आज एक हजार ९६० रुपैयाँमा कारोबार भैरहेको छ ।