रवि लामिछानेलाई पुन: म्याद थपका लागि अदालत पुर्‍याइयो

काठमाडौं । सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराएको छ ।

पुनः म्याद थपका लागि लामिछानेलाई आइतबार बिहानै कास्की जिल्ला अदालत पुर्‍याएको हो । रविसँगै छविलाल जोशी, लीला पछाई र रामप्रसाद खनाललाई पनि अदालत पुर्‍याइएको छ ।

लामिछानेमाथि अनुसन्धान गर्न अदालतले यसअघि कात्तिक २५ गते १३ दिन म्याद थप दिएको थियो । कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लागिछानेमाथि अनुसन्धान गर्न प्रहरीले पहिलो पटक ६ दिन, दोस्रो पटक ७ दिन र तेस्रो पटक १० दिनको समय पाएको थियो ।

लामिछानेमाथिको अनुसन्धान बाँकी नै रहेकाले पुनस् म्याद थपका लागि अदालत उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी बसन्तकुमार शर्माले जानकारी दिए।

रविलाई बयानका लागि काठमाडौं झिकाउने समेत तयारी छ । उनीमाथि कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भइसेको छ । रविसँगै पक्राउ पुर्जी जारी भएका छविलाल जोशी र कुमार रम्तेललाई काठमाडौंमा बयान लिएर पोखरा पठाइसकिएको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित