अखिल क्रान्तिकारी निसीखोलाको दोस्रो सम्मेलन: अनिल विकको अध्यक्षतामा नयाँ कमिटी चयन

बागलुङ । नेकपा (माओवादी केन्द्र ) निकट अखिल क्रान्तिकारी निसीखोला गाउँकमिटीको दोस्रो सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न दोस्रो सम्मेलनले अनिल विकको अध्यक्षतामा २५ सदस्य नयाँ कमिटी चयन गरेको हो ।

जसको उपाध्यक्षमा निरण सापकोटा, सुजिता बुढाथोकी, सचिवमा मनिषा कुँवर, सहसचिवमा सपना भण्डारी, होमबहादुर कुँवर र कोषाध्यक्षमा सुजन पर्टेलसहित अन्य सदस्य चयन गरिएको अखिल क्रान्तिकारीका निवर्तमान केन्द्रीय सदस्य एवम् पालिका इन्चार्ज योगेन्द्र पुन मगरले जानकारी दिए ।

सम्मलेनमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश उपाध्यक्ष एवम् विद्यार्थीका इन्चार्ज ज्ञामनाथ गैरेको प्रमुख आथित्यता रहेको थियो । सम्मेलनलाई सम्बोधन गर्दै गैरेले विद्यार्थी देशका कर्णधार भएको बताएका छन् । ‘देशमा ठूला-ठूला आन्दोलन भए त्यसमा विद्यार्थी आन्दोलनले खास-खास ठाउँमा महत्वपूर्ण योगदान पुर्याएको छ’, उनले भने, ‘अबको आन्दोलन समाजवादी माेडेलबाट अगाडी बढ्नुपर्छ ।’

akhil2 https://newskhari.com/storage/2024/11/468304550_1258856248780171_9108641169309630698_n-e1732377627124.jpg

सम्मलेनमा नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य प्रेमबहादुर घर्तीमगर, निसीखोला गाउँकमिटी अध्यक्ष कुविर विश्वकर्मा, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष विकास कँडेललगायतको उपस्थिति रहेको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित