पूर्वराज्यमन्त्री पदम राईको निधन

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं पूर्वभौतिक योजना तथा निर्माण राज्यमन्त्री पदम राईको निधन भएको छ।

पारकिन्सन रोगबाट पीडित राईको शनिबार उपचारकै क्रममा निधन भएको हो। उनको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन्।

भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठितभएर लागेका थिए। राई पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव जितेर भौतिक योजना तथा निर्माण राज्यमन्त्री बनेका थिए।

तत्कालीन एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए। वैद्यको पार्टी पनि विभाजित भएपछि उनी नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीतिर लागेका थिए।

तर विप्लवको पार्टीमाथि प्रतिबन्ध लागेपछि उनी २०७६ मा तत्कालीन नेकपा हुँदै माओवादी केन्द्रमा फर्किएका थिए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित