काठमाडौं । काठमाडौँ महानगरपालिकाले नेकपा (एमाले) लाई एक लाख रुपैयाँ जरिवाना तिराउने भएको छ।
शुक्रबार (मंसिर ७ गते) ‘काठमाडौँ महानगरपालिका–१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभावी फोहरमैला गरी वातावरण प्रदूषण गरेको’ ठहर गर्दै महानगरले जरिवाना तिर्न एमालेलाई भनेको छ।
नगर प्रहरी निरीक्षक लीलाराज गाछाले एमाले केन्द्रीय कार्यालयलाई पत्र पठाउँदै ‘फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख जरिवाना गरिएको’ जनाएका छन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन० स्वतन्त्र निर्वाचित हुन्। एमाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका पार्टी हो।
यसअघि महानगरले गत वर्ष चैतमा राप्रपाले भृकुटीमण्डपमा कार्यक्रम गर्दा फोहोर गरेको र ट्राफिक आइल्यान्डमा क्षति पुगेको भन्दै क्षतिपूर्ति र मर्मत खर्चवापत् ५ हजार २ सय २२ रुपैयाँ तिराउने निर्णय गरेको थियो।