कांग्रेस-एमाले गठबन्धन चौरासीको चुनावसम्म सरकार रहन्छ : ओली

काठमाडाैं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस एमालेको गठबन्धन सरकार आगामी चुनावसम्मै कायम रहने दाबी गरेका छन् । काठमाडौंमा आयोजित एमालेको जागरणसभालाई सम्बोधन गर्दै ओलीले सरकार माघ–फागुनतिरै ढल्छ भन्ने भ्रम नपाल्न आग्रह गरे ।

‘सरकार बन्दैन भन्थे बन्यो । विश्वासको मत पाउँदैन भन्थे पायो । दसैँ देख्दैन भन्थे दसैँ देखेन मात्रै बनायो पनि । अब अहिले माघफागुन भन्दैछन्’, ओलीले भने, ‘कसैले भ्रम नराखे हुन्छ । यो सरकार ८४ को चुनावसम्म कायम रहन्छ ।’

उनले २०८३ असारसम्म आफू प्रधानमन्त्री रहने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवलाई सरकारको नेतृत्व हस्तान्तरण गर्ने दोहोर्‍याए । ओलीले नेकपा एमाले र कांग्रेस प्रतिस्पर्धी पार्टी भए पनि अहिले प्रतिस्पर्धाभन्दा एकताको आवश्कयता रहेको बताए ।

अराजकता मच्याउने र संविधान मास्न खोज्ने प्रवृत्ति बढेपछि कांग्रेस र एमाले मिल्नुपरेको ओलीले प्रस्ट पारे ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित