एमालेको शक्ति प्रदर्शनले ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौं । सत्तारुढ दल एमालेले गर्ने सडक प्रदर्शनका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्था प्रभावित बन्न पुगेको छ। कार्यालय समयमा घरबाट निस्किएका काठमाडौंवासी जामको सास्तिमा परेका छन्।

एमालेले आज दरबारमार्गमा जनप्रदर्शन गर्दैछ। पार्टीले विरोधिहरुलाई आफ्नो ताकत देखाउन आयोजना गरेको यो प्रदर्शनलाई तटस्थ विश्लेषकहरुले भने बेतुकको ठानेका छन्। सत्तारुढ दलले नै आवागमन प्रभावित हुने गरी सडकमा कार्यकर्ता उतार्नुको कुनै औचित्य नरहेको उनीहरुको तर्क छ।

एमालेको सभालाई मध्यनगर गर्दै आज बिहानैबाट ट्राफिक प्रहरीले दरवारमार्गमा यातायात आवागमन बन्द गराएको थियो। जसले गर्दा आसपासका सडकहरुमा सवारीको चाप बढेको छ। केशरमहल, जयनेपालहल, महेन्द्र शालिकबाट गाडीहरु डाइभर्सन गरिएको उपत्यका ट्रफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएपपी) उमाप्रसाद चतुर्वेदीले बताए।

चतुर्वेदीका अनुसार आज काठमाडौंका १२३ वटा ठाउँमा चेक प्वाइन्ट राखिएको छ। ती चेक प्वाइन्टमा ६४४ जना ट्राफिक प्रहरी परिचालन गरिएको उनले जानकारी दिए। ट्राफिक प्रहरी सहित कार्यक्रम स्थल र मुख्य–मुख्य ठाउँमा ३ वटै जिल्ला प्रहरी परिसर तथा प्रहरी बृत्तबाट प्रहरी परिचालन भएका छन्।

विशेषगरी काठमाडौं उपत्यकाको रिङरोडमा सवारी साधन र प्रदर्शनकारीको चाप बढीसकेको छ। माइतिघरदेखि दरबारमार्ग प्रस्थान गर्ने मुख्य मुख्य ठाउँमा अहिले सवारी साधनको चाप बढीरहेको एसएसपी चर्तुवेदीले जानकारी गराए।

एमालेको र्‍याली भद्रकालीबाट सुरु भएर सुन्धारा, वीर अस्पताल, घन्टाघर रत्नपार्क हुँदै दरवारमार्गमा पुगेर सभामा परिणत हुने छ। आजै ललितपुरको बालकुमारीमा दुर्गा प्रसाईंको अभियानले पनि प्रदर्शन गर्दै छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित