काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ। गएको सोमबारदेखि नेपाली बजारमा सुनको मूल्य लगातार बढिरहेको छ।
आज सुनको मूल्य तोलामा एक हजार पाँचसय रुपैयाँ बढेर एक लाख ६५ हजार पाँचसय रुपैयाँ पुगेको छ।
सुनको मूल्य बिहीबार तोलामा एक हजार र बुधबार नौसय रुपैयाँ बढेको थियो। हिजो सुनको मूल्य एक लाख ६४ हजार रुपैयाँ थियो। मंगलबार पनि सुन तोलामा दुई हजार रुपैयाँ बढेको थियो।
गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।
त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटेर एक लाख ६० हजारसम्म झरेको थियो। विगत पाँच दिनयता भने सुनको मूल्य लगातार बढिरहेको छ।
आज चाँदीको मूल्य भने घटेको छ। हिजो एक हजार नौसय ५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १० रुपैयाँ घटेर एक हजार नौसय ४० रुपैयाँमा झरेको छ।