एमालेको शक्ति प्रदर्शन आज, एक लाख नागरिक सडकमा उतार्ने

काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले आज सडकमा शक्ति प्रदर्शन गर्दैछ । एमालेले एक लाख मानिस सडकमा उतारेर ‘जागरणसभा’ गर्न लागेको हो ।

कार्यक्रमका संयोजकसमेत रहेका वाग्मती प्रदेश इन्चार्ज राजन भट्टराईका अनुसार जागरणसभा दरबारमार्गमा हुनेछ । जागरणसभालाई पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।

भद्रकालीबाट जुलुस न्युरोड गेट, वीर हस्पिटल, रत्नपार्क, त्रिचन्द्र क्याम्पसको अगाडिबाट दरबारमार्गमा पुगेर कोणसभामा परिणत हुनेछ । बिहान साढे ११ बजे जुलुस सुरू गरेर साढे १२ बजे दरबारमार्गमा कार्यक्रम हुने भट्टराईले बताएका छन् । सुरुमा भट्टराई संयोजक रहे पनि अहिले उनी कम्बोडियामा रहेकाले यो जिम्मेवारी वाग्मती प्रदेश अध्यक्ष कैलाश ढुंगेललाई दिइएको छ ।

एमाले उपमहासचि प्रदीप ज्ञवालीले अराजकता र निराशालाई चिर्न जागरणसभा गर्न लागिएको बताएका छन् । उपमहासचिव ज्ञवालीले अराजकता र लोकतन्त्रसँगै जान नसक्ने बताए । एमालेले उपनिर्वाचन लक्षित गरेर कार्यक्रम गर्न लागेको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित