इजरायली प्रधानमन्त्री नेतान्याहुविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी)ले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसहितका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

अदालतले गाजाको युद्धसँग सम्बन्धित युद्ध अपराधका लागि इजरायली प्रधानमन्त्री नेतान्याहु, इजरायलका पूर्वरक्षा मन्त्री योआभ गालान्ट र हमास नेता मोहम्मद देइफका विरुद्ध गिरफ्तारी पुर्जी जारी गरेको हो।

प्रधानमन्त्री नेतान्याहु र गालान्टले गाजाका सर्वसाधारणलाई बाँच्नका लागि आवश्यक वस्तुहरूस खाद्य, पानी, औषधि, इन्धन र बिजुली उपलब्ध नगराई मानवताविरुद्ध अपराध र युद्ध अपराध गरेको भनिएको छ । ​

देइफलाई ७ अक्टोबरको हमास आक्रमणमा १,२०० भन्दा बढी इजरायलीलाई हत्या गर्ने, २५० जनालाई अपहरण गर्ने र यातना, बलात्कार जस्ता अपराधको जिम्मेवार ठहर गरिएको छ। यस हमलाका अधिकांश पीडित सर्वसाधारण थिए ।

इजरायली सरकारले आईसीसीको निर्णयलाई लिएर युद्ध अपराधको आरोप अस्वीकार गरेको छ। इजरायली विदेश मन्त्रालयले आईसीसीले आरोपबारे छानबिन गर्न इजरायललाई पर्याप्त मौका नदिएको दाबी गरेको छ।

इजरायली सेनाले मोहम्मद देइफलाई हवाई आक्रमणमा मारिएको दाबी गरे पनि हमासले यसको पुष्टि गरेको छैन। यसअघि हमासका अन्य दुई शीर्ष नेता, याह्या सिनवार र इस्माइल हानिये, द्वन्द्वमा मारिएका थिए।

रोम विधानमा हस्ताक्षर गरेका कुनै पनि देशमा यात्रा गर्दा अब नेतान्याहु र गालान्टलाई गिरफ्तारीको जोखिम रहनेछ। आईसीसीका अनुसार यसमा इजरायलको सहमतिबिनै कारबाही अघि बढाउन सकिन्छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित