राजन भट्टराईसहित १३ जनाको टोली पुग्यो कम्बोडिया, आज सभामुख पनि जाँदै

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले कम्बोडियामा प्रधानमन्त्री केपी शर्मा ओलीको अर्बौं लगानी रहेको दावी सहित एउटा भिडिओ सार्वजनिक गरेपछि सामाजिक सञ्जालमा तरंगित बनेको छ । यी समयमा सत्तारुढ एमालेसहित विभिन्न दलका नेताहरूको एउटा टोली आज कम्बोडिया पुगेको छ । भ्रमण टोलीमा एमालेका पूर्वविदेश विभाग प्रमुख राजन भट्टराई र हालका विदेश विभाग प्रमुख रघुविर महासेठ छन् ।

यस्तै, कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री सुजाता कोइराला टोलीमा छिन् । माओवादीका अग्नी सापकोटा, जनमत पार्टीका अध्यक्ष सीके राउत, राप्रपा नेता उद्धव पौडेललगायत पनि भ्रमण टोलीमा रहेका छन् ।

५ राजनीतिक दलका १३ जना यो भ्रमणमा रहेको एमाले नेता भट्टराईको भनाइ छ । उनले हिजो राति सामाजिक सञ्जालमा स्टाटस लेख्दै भ्रमणको प्रयोजन पनि स्पष्ट पारेका छन् । भट्टराईका अनुसार कम्बोडियामा आजबाट हुने आइसीएपीपी (इन्टरनेसनल कन्फ्रेन्स अफ एसियन पोलिटिकल पार्टीज) को १२ औं अधिवेसनमा भाग लिन उनीहरु त्यहाँ गएका हुन् ।

भट्टराई उक्त संस्थाको स्थाई समिति सदस्य समेत छन् । एमालेले भोलि काठमाडौंमा आयोजना गर्ने जागरण सभाको संयोजक भट्टराईलाई बनाएको थियो । तर, उनी आफैँ विदेश उडेपछि सो जिम्मेवारी कैलाश ढुंगेललाई दिइएको छ ।

एमालेका एक नेताले पार्टीको यति गहन जिम्मेवारी छोडेर भट्टराई सामान्य कार्यक्रममा विदेश उडेको भन्दै असन्तुष्टि प्रकट गरे ।

आजै सभामुख देवराज घिमिरे पनि कम्बोडिया उड्दैछन् । दलहरुको टोलीभन्दा सभामुखको भ्रमणको प्रयोजन फरक छ । सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार इन्टरनेसनल पार्लियामेन्ट फर टोलरेन्स एन्ड पिस फोरमको होस्ट कम्बोडियाले गर्दैछ । त्यसमा सभामुखलाई निमन्त्रणा आएको थियो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित