पक्राउ पुर्जी जारी गराएर प्रसाईंको घर पुगेको थियो सीआईबीको टोली

काठमाडौं । प्रहरीले मंगलबार बिहान १० बजे अदालत खुलेलगत्तै पक्राउ पुर्जी जारी गरेर मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको जनाएको छ ।

प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भक्तपुरस्थित घरबाट नै पक्राउ गरेको हो ।

उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला अदालत काठमाडौं उपस्थित गराउने तयारी सीआईबीले गरेको छ ।

प्रसाईंलाई साइबर अपराध कसुरमा पक्राउ गरेको सीआईबीका एसपी होबिन्द्र बोगटीले जानकारी दिए । अदालतबाट म्याद थपपछि अनुसन्धान गर्न भोटाहिटीस्थित साइबर ब्युरोलाई बुझाइने जनाएको छ ।

सोमबार प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड डलर कम्बोडियामा लगानी रहेको प्रमाण भन्दै एक भिडियो सार्वजनिक गरेका थिए । सोही कसुरमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसअघि पनि प्रसाईं एक महिलाले आफ्नो चरित्रहत्या हुने खालको अभिव्यक्ति दिएको भन्दै उजुरी दिएपछि उनी पक्राउ परेका थिए । उक्त कसुरमा धरौटीमा छुटेका प्रसाईं पुनः साइबर अपराधमा पक्राउ परेका हुन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित