नेपाली कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठक आज बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाप्रति शोक प्रस्ताव पारित गर्न र श्रद्धाञ्जली अर्पण गर्नका लागि केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरिएको नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए ।

काठमाडौंमा उपलब्ध केन्द्रीय कार्यसमितिका सभापति र पदाधिकारी सबैलाई बैठकमा उपस्थित हुन कांग्रेसले भनेको छ ।

ढुंगानाको निधनको खबर पाएपछि पार्टी सभापति शेरबहादुर देउवा गृह जिल्लाबाट काठमाडौं फर्किसकेका छन् ।

कलेजो सम्बन्धी समस्याबाट पीडित ढुंगानाको आइतबार काठमाडौंमा निधन भएको थियो । उनीप्रति श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई सानोगौचरणमा राखिने भएको छ । ढुंगानाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदै छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित