पुथाउत्तरगंगामा एमाले-कांग्रेसको गठबन्धन, रुख चिन्ह्रमा एमाले उम्मेदवार

काठमाडौं । सत्ता गठबन्धनमा रहेका सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमालेले रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा भने तालमेल गरेका छन्।

गाउँपालिका उपाध्यक्षका लागि उनीहरू माओवादीविरुद्ध साझा उम्मेदवार उठाएका हुन्। उम्मेदवारी दर्ताअघि दुई दलले लिखित सहमति गरेका थिए, जसमा उपाध्यक्ष कांग्रेसको चुनाव चिह्नमा एमाले उम्मेदवार उठाउने उल्लेख छ।

उक्त सहमति अनुसार एमालेकी जिल्ला कमिटी उपसचिव केशकुमारी तुलाचनले उम्मेदवारी दर्ता गराएकी छिन्। त्यस्तै वडा नं. २ मा भने एमालेकै चुनावमा एमालेका जिल्ला सदस्य जीवन रोकाले उम्मेदवारी दिएका छन्।

पुथाउत्तरगंगा माओवादी बलियो स्थितिमा छ। त्यहाँ माओवादीले ज्ञानीदेवी पुनलाई उम्मेदवार बनाएको छ।

२०७९ को चुनावमा माओवादी केन्द्रकी भूपेन्द्र बुढाले दुवै दलका उम्मेदवार भन्दा बढी मत ल्याएर बिजयी भएकी थिइन्। उनले ४ हजार ५९ मत ल्याउँदा कांग्रेसकी कमलाकुमारी मल्लले २ हजार १० र एमालेका धर्म घर्ती बुढाले १ हजार ८ सय १२ मत प्राप्त गरेका थिए।

माओवादीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष बुढाको गत असोजमा बागलुङमा भएको सवारी दुर्घटनामापरी मृत्यु भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित