कीर्तिपुरमा वडाध्यक्षबाटै उपप्रमुखमाथि हातपात

काठमाडौं । कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यमाथि त्यही नगरपालिकाको वडा नं ३ का वडाध्यक्ष सुवीन्द्र महर्जनले हातपात गर्नुका साथै कार्यकक्षमा तोडफोडसमेत गरेका छन्।

नगरपालिकाका सम्पर्क शाखा अधिकृत सुजीन्द्र महजर्नले वडाध्यक्षले हातपात र तोडफोड गरेको जानकारी दिए। त्यसको कारण खुल्न नसके पनि राजनीतिक कारण भने नभएको उनको भनाइ छ।

वडाध्यक्ष मर्हजनले दिउँसो साढे २ बजेतिर कार्यालय पुगेर कार्यवाहक मेयरमाथि हातपात गरेका हुन्। वडाध्यक्ष महर्जनले भने हातपात नगरेको दाबी गरेका छन्।

वडाध्यक्षहरूलाई समय नदिएको र कार्ययोजनामा छलफल गर्न बोलाएर कुराएको कारण केही विवाद भएको उनको दाबी छ। उनले भने, ‘हामी वडाध्यक्षहरूलाई त बोलाएर यसरी कुराउनुहुन्छ भने अरू सेवाग्राहीलाई के गर्नुहुन्छ होला ? जनताका काममा उहाँले कति बेवास्ता गर्नुहुन्छ होला ?’

मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छिन्।

मेयर पदका लागि मंसिर १६ गते मतदान हुँदै छ। त्यसका लागि आइतबार मनोनयन गर्दाको कार्यक्रम छ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित