नेता-कार्यकर्तालाई प्रचण्डको निर्देशन- हामी बदलिन चाहन्छौं भनेर जनताको घरघर पुग्नुस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरू बदलिन चाहेको सन्देश लिएर जनतामा जान निर्देशन दिएका हुन् । ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं । हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस्,’ उनले भने ।

अन्य दलभन्दा माओवादी फरक शक्ति भएको र सरकारमा रहँदा हरेकपटक रूपान्तरणकारी काम गरेको उनले दाबी गरे ।

पार्टीले गरेका कामसँगै पार्टीले गर्न चाहेका तर नसकेका काम पूरा गर्ने प्रतिबद्धतासहित जनताबीच जान उनले नेता कार्यकर्तालाई आग्रह गरे ।‘माओवादी नेतृत्वको सरकारले के गर्दै थियो र पछिल्लो समय नयाँ सरकार किन बन्यो भन्ने पनि जनताले स्पष्टसँग बुझिसकेका छन्, त्यसैले जनता पुनः माओवादीलाई विश्वास गर्न तयार हुँदै गएका छन्’ अध्यक्ष प्रचण्डले भने, ‘अब मुख्य कुरा हामी आफैं पुनः जनताको सेवामा लाग्ने प्रतिबद्धतासहित रूपान्तरण हुन आवश्यक छ।’

उपनिर्वाचनमा कीर्रतिपुरमा माओवादीको जीतको आधार बलियो बन्दै गएको पनि अध्यक्ष प्रचण्डले दाबी गरे ।

इमान्दार, सरल एवं भाषा संस्कृतिका संरक्षकको रूपमा प्राडा। शिवशरण महर्जनला२ उम्रमेदवार बनाइएकव्ले यसपटक जीत हात पार्ने उनले बताए ।

माओवादी केन्द्रले कीर्तिपुरको प्रमुखका लागि प्राडा शिवशरण महर्जन, वडा नम्बर १ को अध्यक्षका लागि अष्टमान महर्जन र वडा नम्बर ४ को अध्यक्षका लागि ईञ्जिनियर नारायण बिष्टलाई अघि सारेको छ ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित