गण्डकीका नवनियुक्त वन मन्त्रीले लिए शपथ

काठमाडौं । गण्डकीमा सोमबार वन तथा वातावरण मन्त्रीमा नियुक्त भएका भेषबहादुर पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार पर्यटन बोर्डको कार्यालयमा उनले प्रदेश प्रमुख डिल्लीराज भट्टबाट शपथ लिएका हुन् ।

पौडेल मन्त्री बनेसँगै गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । गत भदौ १७ गते नेकपा (एमाले) चार मन्त्रालय लिएर गण्डकी सरकारमा सामेल भएको थियो । सोही दिन नै मन्त्रिपरिषद्लाई पूर्णता दिने मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको तयारी थियो ।

सरकारमा एमालेलाई भित्र्याउँदा भौतिक पूर्वाधार विकास तथा यातायातमन्त्री थिए, दीपक मनाङे (राजीव गुरुङ) । तर, उक्त मन्त्रालय एमालेले लिएपछि मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

त्यसमा असन्तुष्टि जनाउँदै मनाङेले सोही दिन राजीनामा दिए । मनाङेको राजीनामासँगै वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री आफैँले सम्हालेका थिए ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित