सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमारसहित दुई जनालाई काठमाडौं ल्याइयो

काठमाडौं । भारतको दिल्लीबाट गत असोज ११ गते पक्राउ परेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई नेपाल ल्याइएको छ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका मेयर नेपाली बचतकर्ताको रकम अपलचन गरेर लामो समयदेखि फरार थिए।

उनलाई शुक्रबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको थियो। इन्टरपोलमार्फत थप प्रक्रिया पूरा गरेर नेपाल ल्याइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ।

सोही सहकारीको ठगीमा संलग्न भएको आरोपमा मयर नेपालीसँगै दिल्लीमा पक्राउ परेका ओमबहादुर नेपाली भन्ने ओम प्रसाद दर्जीलाई पनि प्रहरीले काठमाडौं ल्याएको छ।

सीआईबी प्रवक्ता होबिन्द्र बोगटीका अनुसार उनीहरूमाथि १ अर्ब २८ करोड ६३ लाख १३ हजार ५ सय २५ रुपैयाँ अपचनको आरोप छ।

पक्राउ परेका मेयर नेपाली पोखराको सूर्यदर्शन सहकारीका सञ्चालक समितिका उपाध्यक्ष समेत हुन्। सूर्यदर्शन सहकारीमा पनि उनीमाथि अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले बताए।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित