९ जिल्लामा यी नदीहरूले पार गर्‍यो खतराको तह

काठमाडौं । शुक्रबार बिहानदेखिको लगातार वर्षाका कारण विभिन्न नदीहरूले ९ जिल्लामा खतराको तह पार गरेका छन्।

बाढी पूर्वानुमान महाशाखाका अनुसार तिनाउ, नारायणी, बागमती र कोशी नदीको वहाब विभिन्न स्थानमा खतरा तह पार भएका छन्। तिनाउ नदी रूपन्देहीमा र नारायणी नदीले चितवनमा खतरा तह पार गरेको छ।

त्यस्तै बागमती नदी काठमाडौंको बालकुमारी (मनोहरा) , भक्तपुरको जगाती, कौशलटार (हनुमन्ते), ललितपुरको खोकनामा, रौतहटको पधेरादोभानमा खतराको तह पार गरेको छ।

बाराको महेशपुरमा पसाहा खोला, अरूण नदी धनकुटामा र सुनकोशी नदीले सिन्धुलीमा खतराको तह पार गरेको छ। यी मध्ये केही नदीमा पानीको वहाब अझै बढ्दो छ भने केहीमा स्थिर रहेको महाशाखाले जनाएको छ।

कपिलवस्तु, तनहुँ, चितवन, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, धनकुटा, सुनसरी र झापामा विभिन्न नदी तथा खोलाहरूमा पानीको वहाब सतर्कता तह पार गरेको महाशाखाले जनाएको छ।

महाशाखाले शुक्रबार पनि विशेष बुलेटिन जारी गरेर सतर्क रहन आग्रह गरेको थियो।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित