फरार ढोरपाटनका प्रमुख देवकुमार नेपाली दिल्लीबाट पक्राउ

काठमाडौं । बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली पक्राउ परेका छन्। इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका प्रमुख नेपाली बचतकर्ताको रकम अपलचन गरेर लामो समयदेखि फरार थिए।

उनलाई शुक्रबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको र इन्टरपोलमार्फत थप प्रक्रिया पूरा गरेर नेपाल ल्याउने तयारी भइरहेको नेपाल प्रहरीका निमित्त प्रहरी महानिरीक्षक टेकप्रसाद राईले जानकारी दिए ।

प्रमुख नेपालीसहितका प्रतिवादीले आफूहरूलाई ठगी गरेको भन्दै १ हजार ५७३ जनाले जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

प्रहरीले मेयर देवकुमार नेपाली र उनकी पत्नी छेला नेपालीविरुद्ध इन्टरपोलमार्फत २४ जनवरी २०२४ (१० माघ २०८०) मा रेड नोटिससमेत जारी गराएको थियो।

उनीहरूविरुद्ध २०८० जेठ २३ गते पहिलो पटक मुद्दा दर्ता भएको थियो। अहिलेसम्म उनीहरूविरुद्ध बिगो एक अर्ब ३८ करोड ६३ लाख १३ हजार ५२५ रुपैयाँ रहेको बागलुङ प्रहरीले जनाएको छ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित