८० हजार घुस लिएको आरोप लागेका वडाध्यक्ष निलम्बित

काठमाडौं । सेवाग्राहीसँग घुस लिएको आरोप लागेका झापाको बुद्ध शान्ति गाउँपालिका २ का वडाध्यक्ष डिल्लीप्रसाद ओली निलम्बनमा परेका छन् । ८० हजार रुपैयाँ घुस लिइएको अवस्थामा उनी मंगलवार पक्राउ परेका थिए ।

वडाध्यक्ष ओलीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले घुससहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय, अनारमनिमा लगेर बुझाएका थिए ।

त्यसपछि अख्तियार अनुसन्धान दुरुपयोग आयोगलाई खबर गरिएको थियो । अख्तियारले बिहीवार बुद्ध शान्ति गाउँपालिकालाई पत्र लेख्दै उनलाई निलम्बन गरिएको जनाएको छ ।

वडाध्यक्ष ओलीले आफूसँग घुस मागेपछि अमरनाथ चौहानले आफूहरू खबर गरेको नेकपा झापाका नेता अर्जुन ‘सी’ले बताए । त्यसपछि उनलाई ८० हजार घुससहित पक्राउ गरेर अख्तियारमा बुझाइएको उनको भनाइ छ ।

वडाध्यक्ष ओलीले डेढ लाख रुपैयाँ मागेको र अख्तियारमा बुझाउँदा सबै पैसा सरकारको खातामा जम्मा हुने भएपछि ८० हजार मात्रै दिन लगाएर पक्राउ गरिएको अर्जुनको भनाइ छ ।

अम्बरनाथ भारतको सिलगुडीमा बस्ने गर्थे । उनले गाउँका पण्डित चतुर्भुज घिमिरेको नाममा जग्गा किन्न २३ लाख रुपैयाँ पठाइदिएका थिए । अम्बरनाथसँग नेपाली नागरिकता नभएपछि उनले चतुर्भुजलाई पैसा पठाइदिएका हुन् । जग्गाकै विषयलाई लिएर दुई जनाबीच विवाद भएपछि उनीहरू वडा कार्यालयसम्म पुगेका थिए ।

विवाद मिलाउन भनेर वडाध्यक्ष ओलीले पटक–पटक पैसा मागेपछि मंगलवार उनलाई पक्राउ गरी अख्तियारको जिम्मा लगाइएको हो ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित