क्यानडासँग १०३ रनले नेपाल पराजित

काठमाडौं । आईसीसी आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिजअन्तर्गत गए राति भएको खेलमा नेपालले खराब प्रदर्शन गरेको छ । नेपाल घरेलु टोली क्यानडासँग १०३ रनको फराकिलो अन्तरले पराजित भएको हो । नेपालको ओडीआईमा क्यानडासँग यो पहिलो हार हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा २५३ रन बनाएको थियो । २५४ रनको विजय लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रन बनाउँदै अलआउट भएको हो ।

क्यानडाका लागि निकोलस किर्टोनले नटआउट ७३ रनको अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै एरोन जोनशनले १० रन जोड्दा नवनीत धालीवालले ४८ रन जोडे । त्यस्तै परगत सिंह १७, हर्स ठाकेर २७, श्रेयस् मोब्बा ४, डिलोन हेइलिङ्गर ३०, साद बिन जाफर १७, कलीम सनाले १० रन जोडे ।

नेपालका लागि सोमपाल कामी र ललित राजवंशीले २-२ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, गुल्शन झा र रोहित पौडेलले १-१ विकेट लिए ।

नेपालका लागि कुशल भुर्तेलले १ रन जोडे भने आशिफ शेखले २० रन जोडे । त्यस्तै भीम सार्की १८, रोहित पौडेल ५, कुशल मल्ल १२, दीपेन्द्रसिंह ऐरी ८, सोमपाल कामी ६, सन्दीप लामीछाने २२, गुल्शन झा १५, करण केसी २७ रन बनाउँदै आउट भए ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित