कर्मचारी सरूवामा अर्थमन्त्रीको हस्तक्षेप : बजेट महाशाखाका ७ उपसचिव फेरिए

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अर्थमन्त्रालय अन्तरगतको बजेट तथा कार्यक्रम महाशाखाका सात उपसचिवको जिम्मेवारी हेरफेर गरेका छन्।

बजेट तथा कार्यक्रम महाशाखामा विभिन्न मन्त्रालय हेर्ने गरी ८ उपसचिव बीच जिम्मेवारी बाँडफाँट हुने गरेको छ । अर्थमन्त्री पौडेलले भौतिक पूर्वाधार मन्त्रालय हेर्ने गौरी उपाध्यायलाई निरन्तरता दिँदै अन्य ७ जनाको जम्मेवारी फेरेका हुन् ।

केन्द्रीय ढुकुटीका विषयमा निर्णय गर्ने तथा अर्थ विविधमा रहेको रकम रकमान्तर सम्बन्धमा महत्वपूर्ण भूमिका रहने केन्द्रीय बजेट शाखामा केशव उप्रेतीलाई लगिएको छ । यसअघि केन्द्रीय बजेटमा जगदीश उपाध्याय थिए ।

यस्तै सहरी विकास मन्त्रालय लगायत हेर्ने गरी तिर्थराज बराललाई जिम्मेवारी दिइएको छ । यसअघि सहरी विकास मन्त्रालय लगायत हेर्दै आएका पूर्ण न्यौपाने नेपाल कर कार्यालयमा सरुवा भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् लगायतको कार्यालय हेर्ने जिम्मेवारी तुलसी प्रसाद चौलागाईंलाई दिइएको छ । यसअघि ठूला करदातामा सरुवा भएका ध्रुवप्रसाद पाण्डेले हेर्दै आएका थिए ।

उर्जा जलस्रोत मन्त्रलाय लगायत हेर्ने जिम्मेवारी ऋषिराम अधिकारीलाई दिइएको छ । यसअघि रमेश शर्माले यो जम्मेवारी सम्हाल्दै आएका थिए । खानेपानी लगायतका मन्त्रालय हेर्ने जिम्म्वारी किशोर ढकाललाई दिइएको छ । यसअघि देवनारायण पौडेल यो जिम्मेवारीमा थिए ।

वन पर्यटन लगायका मन्त्रालय हेर्ने जिम्मेवारी सम्झना बराललाई दिइएको छ । यसअघि दिलिप केसीले यो जम्मेवारी सम्हाल्दै आएका थिए । स्वास्थ्य तथा जनसंख्या लगायतका मन्त्रालय हेर्ने जिम्मा शशी भट्टराईलाई दिइएको छ । यसअघि टिका भुसालले यो जिम्मेवारी हेर्दै आएका थिए । जिम्मेवारी परिवर्तन भएका मध्ये भट्टराई बाहेक सबै उपसचिव एमाले निकट भएको स्रोतको दाबी छ ।

 

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित