अब प्रत्येक महिना विद्यार्थी भिसाका लागि नयाँ ‘अप्वाइन्टमेन्ट’ खोल्दै अमेरिकी दूतावास

काठमाडौं । सेप्टेम्बरदेखि अमेरिकी दूतावास काठमाडौंले हरेक महिना विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्ने घोषणा गरेको छ । प्रत्येक महिनाको एक मितिमा नयाँ विद्यार्थी भिसा अप्वाइनटमेन्टका स्लटहरु खोल्ने र ती मितिहरू अग्रिममा घोषणा गर्ने दूतावासले जनाएको छ ।

पहिलो मिति सेप्टेम्बर ४ मा रहेको छ, अर्थात् सेप्टेम्बर ४ मा विद्यार्थी भिसाका नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोलिने भएको छ ।

अमेरिकी दूतावासहरुमा भिसा अप्वाइन्टहरु पाउन निकै लामो समय कुनुपर्ने बाध्यता रहेको अवस्थामा अमेरिकी दूतावास काठमाडौंले त्यसलाई सहज बनाउन नयाँ योजना ल्याएको हो ।

विगतमा पनि अमेरिकी दूतावासले बेलाबेलामा भिसाका अतिरिक्त नयाँ अप्वाइन्टमेन्ट स्टलहरु खोल्दै आएपनि मासिक रुपमा नियमित भने गरेको थिएन । दूतावासले आवेदकको चापलाई मध्यनजर गरेर बेलाबेलामा विदाको दिन आइतबार समेत भिसा अन्तरवार्ता लिने गरेको थियो ।

अमेरिकी दूतावास काठमाडौंमा भिजिटर र विद्यार्थी भिसाका लागि अप्वाइन्टमेन्ट पाउन औषतमा १० महिना कुनुपर्ने बाध्यता रहेको छ । तर विद्यार्थी भिसाका लागि १० महिनापछिको अप्वाइन्टमेन्ट लिंदा पढाई छुट्ने समस्या भएकाले उक्त अवधिलाई घटाउन दूतावासले नयाँ कदम चालेको छ । २०२५ मा अमेरिका अध्ययनका लागि आउन चाहनेहरुले अब सेप्टेम्बरदेखि अतिरिक्त भिसा अप्वाइन्टमेन्ट स्लटबाट फाइदा लिन सक्ने भएका छन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित