काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह समर्थकले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पेजमाथि अक्रमण गरिरहेका छन् ।
बालेनले एमालेलक्षित पोस्ट सरकारले हटाएको आरोप लगाएसँगै समर्थकहरू आक्रोशित बनेर ओलीतर्फ खनिएका हुन् ।बालेनका समर्थकहरूले ओलीको फेसबुकमा अनफलो अभियान चलाइरहेका छन् ।
मंगलबारदेखि चलेको उक्त अभियानबाट ओलीको फेसबुक पेज ‘केपी शर्मा ओली’को लाइक घटिरहेको छ । ६ लाख ६६ हजार लाइक भएको पेज अहिले अभियान चलाए यता ५ लाख ९९ हजार पुर्याइएको छ ।
सर्वोच्चको फैसलाअनुसार काठमाडौंं महानगरपालिकाले खोलाको मापदण्डबारे एक निर्णय गरेपछि एमाले बालेनसँग आक्रोशित बनेको छ । बालेनले आफ्नो निर्णय बचाउमात्रै गरेका छैनन्, एमालेमाथि पनि आक्रोश पनि पोख्दै आएका छन् ।