पेरिस पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकी पलेशाको विमानस्थलमा भब्य स्वागत

काठमाडौं । पेरिस पारा ओलम्पिकस्‌‌अन्तर्गत पारा तेक्वान्दोमा ऐतिहासिक कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । उनलाई युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले स्वागत गरेका हुन् ।

यसपछि पलेशासहित नेपाली टीमलाई नगर परिक्रमा गराइने छ । राष्ट्रिय खेलकुद परिषद राखेपका अनुसार टोलीलाई नगरपरिक्रमा गराइने छ ।

र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चौक हुँदै राखेपको प्राङ्गणमा पुगेर टुंगिने छ ।

फ्रान्सको पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा पलेशाले ऐतिहासिक कांस्य जितेकी थिइन् । यो नै नेपाली खेलाडीले ओलम्पिकमा जितेको पहिलो पदक हो ।

पारा तेक्वान्दो खेलाडी पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गर्दै कांस्य पदक जितेकी थिइन् ।

यो समाचार पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

आफ्नो ईमेल हालेर न्युज खरीको सदस्यता लिनुहोला।

ताजा अपडेट

ट्रेन्डिङ

©2022 News Khari सर्वाधिकार सुरक्षित Site By : Shikhar Host

छुटाउनै नहुने

खोज्नुहोस

सम्पादक:

बिमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित

कम्पनी दर्ता नं : २९४४७३/०७९/०८०

सम्पादक:

विमल खड्का

ठेगाना:

काठमाडौँ महानपा-११, सुन्धारा

सूचना विभाग दर्ता नं. 

३६१५-२०७९/८०

+९७७-९८५१२५४५५६, info@newskhari.com newskhari@gmail.com

© २०२२ Newskhari.com सर्वाधिकार सुरक्षित